इलाम र बाह्रदशीका संक्रमित बिर्तामोडमा घुमेको भन्दै बिर्तामोड लकडाउन

बिर्तामोड , साउन १८ । कोरोना भाइरसको महामारी समुदायसम्म फैलिसकेका कारण संक्रमण नियन्त्रणका लागि बिर्तामोडमा लकडाउन गरिने भएको छ ।
बिर्तामोडमा लकडाउन लगाउने विषयमा आज नगरपालिकाले निर्णय गर्दैछ । त्यसका लागि नगरपालिकाको बैठक अहिले बसिरहेको छ । आज रातिदेखि लकडाउन लगाउने गरी निर्णय हुन लागेको बिर्तामोड वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाले बताए । सिटौला काठमाडौंमा रहेका छन् । आफू काठमाडौंमा रहेको र नगर प्रमुख धु्रवकुमार शिवाकोटीले लकडाउन लगाउने विषयमा सल्लाह लिएको उनले जानकारी दिए । लकडाउन कति दिनसम्म लगाउने भन्ने विषयमा नगरपालिकाले निर्णय गर्ने भएको छ । स्वास्थ्यकर्मीहरुले पनि स्थिति काबुभन्दा बाहिर गएको बताएपछि लकडाउनले मात्र नियन्त्रण गर्न सकिने गरी निर्णय गर्न लागेको बैठकमा सहभागी वडा नं ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । लकडाउनका विषयमा नगरपालिकाले गर्न लागेको निर्णयका बारेमा जानकारी दिन आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरिएको छ । हिजो मात्र प्रहरी चौकी बिर्ताबजारमा कार्यरत एक महिला प्रहरलिाई कोरोना देखिएको थियो । त्यसअघि बाह्रदशीका दुई र इलामका एक संक्रमित बिर्तामोडमा आएपछि संभावित संक्रमणको जोखिम बढेर गएको छ ।
प्रतिदिनबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता