पछिल्लो २४ घण्टामा २ सय ४६ संक्रमित थपिए, संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो


काठमाडौं, १८ साउन । मुलुकमा थप २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ४६ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ३ सय ३२ पुगेको छ ।


यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या भने ५ हजार ६ सय ७२ छ । मन्त्रालयका अनुसार कोसी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका १, मोरङका ३ जना, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका १० जनामा देखिएको छ ।
जनकपुर प्रयोगशालामा धनुषाका ३५, चितवनका १ जना, महोत्तरीका ४, सर्लाहीका १ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा पर्साका ७८ जनामा संक्रमण देखिएको छ । यता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका २, डोटीका ११ जना, कैलालीका १०, काठमाडौंका ११, ललितपुरका ४ जनामा संक्रमण देखिएको छ ।
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा बर्दियाका १ जना, दार्चुलाका १, गोरखाका १, काठमाडौंका ८ जना, रौतहटका २ जना, सिन्धुलीका १ जना, सुनसरीका १ जनामा पुष्टि भएको छ ।
कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ जना, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका २ जना, वीर अस्पतालमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ । यता, त्रिवि शिक्षण ललितपुरका १ जना, पर्साका १, सर्लाहीका १ जनामा संक्रमण देखिएको छ ।
स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा पर्साका २ जना, ललितपुरका ३, महोत्तरीका १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ५ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना र रुपन्देहीका १ जनामा, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा बागलुङका १ जना, लमजुङका ३ जना स्याङजाका ८ जना र तनहुँका २ जनामा संक्रमण देखिएको छ ।
यता, भेरी अस्पतालमा बर्दियाका ९ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा डोटीका १ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता