इलामबजार ७ दिनको लागि बन्द गर्न र पिसिआरको परिक्षणको दायरा वढाउन उद्योग वाणिज्य संघ इलामको माग

इलाम, १८ साउनः इलाम नगरपालिकामा लगातार कोरोना भाइरसको संक्रमण वढे सँगै समुदायमा कोरोना संक्रमण वढ्ने चिन्ता वढेको छ । इलाम उद्योग वाणिज्य संघ इलामले आज एक विज्ञप्ती निकाल्दै सात दिनको लागि इलामबजार बन्द गर्न अनुरोध गर्दै पिसिआर परिक्षणको समुदायमा दयरा वढाउन माग गरेको छ । अनुरोध पत्र निकाल्दै वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई सम्वोधन गर्दै लेखेको पत्रलाई जिल्ला समन्व समिति, इलाम नगरपालिकाको कार्यालय, इलाम नगरपलिका वडा नं. ७ को कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई वोदार्थ दिएको छ । अनुरोध पत्रमा यदि कसलै समन्वय गरेर सात दिनको लागि लकडाउन नगरे उद्योग वाणिज्य संघ इलामको अगुवाईमा पूर्ण रुपमा भोलिदेखि इलाम बजार वन्द गर्ने पनि जनाइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता