६० बर्षमाथिका र १२ वर्ष मुनिकालाई घरबाट ननिस्कन सरकारको अनुरोध


काठमाडौं, १८ साउन । सरकारले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
देशभर कोरोना संक्रमणको जोखिम बढ्दा जेष्ठ नागरिक र बालबालिकामाथि संक्रमणको छिटो असर पर्ने निष्कर्ष निकाल्दै सरकारले यस्तो अनुरोध गरेको हो ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अन्य उमेर हककालाई पनि कोरोनाको बढ्दो जोखिमप्रति सचेत बन्न आग्रह गर्नु भयो ।
यसैगरी सरकारले वीरगञ्ज र जनकपुरमा कोरोना भाइरसबारे अध्ययन र समन्वय गर्न दिपेन्द्र रमण सिंहको नेतृत्वमा उच्च स्तरीय टोली परिचालन गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता