पर्सामा नेपाली सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोराना संक्रमण पुष्टि


वीरगञ्ज, १८ साउन । वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा गएराति उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि हुनेहरुमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारपनि रहेका छन् ।
संक्रमित ७३ जनामध्ये ६१ जना पुरुष र १२ जना महिला रहेको नारायणी अस्पतालले जनाएकाे छ। जसमा १० बर्षीया किशोरीदेखि ६७ बर्षीय बृद्ध पनि रहेकी छन् । उनीहरु सबैको यसअघि संक्रमितहरुको मास ट्रेसिङमा जोडिएको बताइएको छ ।
एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङका क्रममा साउन ८ गते देखि १७ गतेसम्म स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको रिपोर्टबाट कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमिण पुष्टि भएकाहरुमा बाराका पनि ५ जना रहेका छन् । त्यस्तैगरी अन्य सबै पर्सा जिल्लाका रहेका छन् ।
वीरगञ्जका १ नेपाली सेना, २ नेपाल प्रहरी १ पत्रकार र एक भारतीय नागरिक पनि रहेका छन् । त्यस्तैगरी ५ जना वीरगञ्ज महानगरपालिका भित्रका रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता