मकवानपुरमा पत्रकारमा पनि देखियो कोरोना, आजै २० जना थपिए

मकवानपुर, ३१ साउन । मकवानपुरमा आज दिउँसो मध्यान्ह सम्ममा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा हेटौंडा उपमहानगर क्षेत्रका १२ जनासहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये हेटौंडासहित मनहरी गाँउपालिकाका १ जना र अन्य जिल्लाबाट आई हाल मकवानपुरमा बसोबास गरेका ७ जना गरी जम्मा २० जना रहेका छन् ।

संक्रमित हुनेमा एक जना पत्रकार पनि रहेका छन् । हेटौंडामा कार्यरत एक महिला पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा गरिएको परीक्षणमा ती महिला पत्रकारमा कोरोना संक्रमण देखिएको हो ।

हेटौंडा-१० मा बस्दै आएकी ती महिलाको पहिलो रिपोर्टमा समस्या ९इरर० देखिएको र पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिनुभयो । स्थानीय सञ्चारमाध्यममा कार्यरत उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । केहि दिन अघि ज्वरो आएपछि कोरोना परीक्षण गराईएको थियो ।

मकवानपुर जिल्लामा हाल सम्म १ सय ५ जना क्वारेन्टाइनमा, १ सय ९९ जना होम क्वारेन्टाइनमा र ४२ जना आइसोलेशनमा रहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका डा। पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभएको छ ।

हेटौंडा वडा नम्बर ४ को श्रमिक माविमा रहेको आईसोलेसनमा रहेका बेड कमी भएपछि गौरीटार रंगशालाको गेष्ट हाउसलाई आईसोलेसन वार्ड बनाउन थालिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment