पछिल्लो २४ घण्टामा ४ सय ६८ संक्रमित थपिए, संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौं, ३१ साउन । मुलुकमा थप ४ सय ६८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।

मन्त्रालयका अनुसार बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनुषाका १ जना, मोरङका २, सप्तरीका २, सिरहाका ४, सुनसरीका १६ र तेह्रथुमका १ जना, कोसी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका २५, सिरहाका १ र उदयपुरका १ जना प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३८ र सुनसरीका ३ जनामा संक्रमण देखिएको छ ।

जनकपुर प्रयोगशालामा धनुषाका २५,महोत्तरीका ९ जना र सर्लाहीका ३ जनामा, भरतपुर अस्पताल भरतपुरमा चितवनका ८ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका २ र पर्साका २१ जनामा संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २४, खोटांङका ६, पर्साका ३, रसुवाका १ र सर्लाहीका ४० जना, यता, किटजन्य प्रयोगशाला हेटौंडामा बाराका १, मकवानपुरका २१, रौतहटका ४,सर्लाहीका ११ र उदयपुरका १ जनामा संक्रमण देखिएको छ ।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा चितवनका १, दोलखका ५, काभ्रेका ७, रामेछापका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ८, काठमाडौंका ४ जनमा संक्रमण देखिएको छ ।

यता, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका २४ जना, वीर अस्पतालमा भक्तपुरका १, धनुषाका १, काठमाडौंका ३, काभ्रेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

विरेन्द्र अस्पतालमा भएको परीक्षणमा काठमाडौंका ३, बर्दियाका २ र रामेछापका १ जनामा,यता, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा दाङका १, काठमाडौंका १०, ललितपुरका ७, सिन्धुलीका १ जनामा संक्रमण देखिएको छ ।

विध ल्याब ललितपुरमा काठमाडौंका १०, लतिलपुरका १ जनामा संक्रमण देखिएको छ । बीएण्डबीमा ललितपुरका १ र रामेछापका १ जनामा र सूर्या हेल्थ केयर काठमाडौंमा काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ८, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा बागलुङका २, नवलपरासीका १, तनहुँका २ जना, कास्कीका ३, स्याङजाका १ र गोरखाका १ जनामा संक्रमण देखिएको छ ।

यता, रुपन्देही प्रयोगशालामा गुल्मीका १, कपिलवस्तु ३१, रुपन्देहीका २ जनामा संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा बाँकेका ११ र बर्दियाका १२ जना, राप्ती विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालाबाट दाङका १० जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका १, नवलपरासी पूर्वका १ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा दैलेखका १ जना र सुर्खेतका ४ जनामा संक्रमण देखिएको छ ।

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment