नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ३१ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । आज कपिलवस्तु, पर्सा र धनुषाका १/१ जनाको मृत्युभएसँगै संख्या १ सय २ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका वडा नं. ७ निवासी ४० वर्षीय एक पुरुषको मिति साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा निधन भएको छ ।

ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या भएपछि उनी साउन २९ गते अस्पताल भर्ना भएका थिए । उनको सोहि दिन स्वाव संकलन गरी परीक्षण गर्दा आज गते कोरोना पुष्टि भएको थियो ।

यस्तै, पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका वडा नं. १२ निवासी ६० वर्षीय एक पुरुषको साउन ३० गते वेलका बजे नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा निधन भएको छ ।

उनी श्वास प्रश्वासमा समस्या भई साउन २४ गते अस्पताल भर्ना भएका थिए । यस्तै, धनुषा जिल्ला जनकनन्दनी गाउंपालिका वडा नं. ४ निवासी ५० वर्षीय एक पुरुषको साउन २९ गते निधन भएको छ ।

उनी श्वास प्रश्वासमा समस्या भएपछि साउन २९ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका र थप उपचारको लागि काठमाडौं रेफर गरेकोमा वाटोमै निधन भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment