कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एक पुरुषको मृत्यु, पर्सामा मात्रै मृतकको संख्या २१ पुग्यो

वीरगन्ज (पर्सा), ३१ साउन । कोरोना संक्रमणबाट बीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ । पर्सा जिल्ला हरपतगञ्ज निवासी ४७ बर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार नारायणी अस्पतालमा मृत्यु भएको हो ।

कोरोना सम्बन्धी लक्षण देखा परे पश्चात नारायणी अस्पतालको आइसोलेशनमा उपचार गरिदै आएको थियो । तर, उपचारको क्रममा मृत्यु भएको र शुक्रबार मात्रै उक्त पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए ।

एक सातादेखि उक्त पुरुषलाई ज्वरो, खोकी आइरहेको र कोरोना संक्रमण पुष्टि नभएको कारण आशंकामा उनीलाई नारायणी अस्पतालको आइसोलेशन राखिएको थियो ।

करिब एक सातादेखि नारायणी अस्पतालको आइसोलेशनमा रहेका उक्त पुरुषको शुक्रबार साँझ मृत्यु भएको हो । मृतक पुरुषसँगै वीरगन्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । जसमध्ये पर्साका २१ जना, बाराका ४ जना तथा रौतहटका १ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment