- विनय तिम्सिना
महेंद्र सिंह धोनीले आज एक इंस्टाग्राममा पोष्ट गर्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषण गरेका हुन । उनले इंस्टाग्राम पोष्टामा लेखेका छन् तपाईहरु सवैको म प्रतिको माया र समर्थनको लागि धन्यवाद । मालाई आज साँझ भारतिय समय अनुसार ७ः२९ बाट रिटायर हुन मनलाग्याे । उनले आफ्नो यो पोष्टको साथै एउटा भिडियो पनि शेयर गरेका छन् ।
३९ वर्षीय एमएस धोनी टेस्ट क्रिकेटबाट पहिला नै सन्यास लिइसकेका छन् । उनले एकदिवशिय र टि ट्वान्टी क्रिकेटमा भने भारतिय टिमबाट खेली रहेका थिए । उनको यो घोषणा सँगै उनी अव अन्तराष्ट्रिय क्रिकेटमा देखिने छैनन् । धोनी क्रिकेटको तीन वाटै फर्मेटमा भारतिय टीमका कप्तान पनि भई सकेका छन् । धोनीको नाममा धेरै अन्तराष्ट्रिय कीर्तिमानहरु पनि रहेका छन् ।
एमएस धोनीले २००४ मा वंगलदेश विरुद्धको खेलमा अन्तराष्ट्रिय क्रिकेट करियरको शुरुआत गरेका थिए । धोनीले अहिले सम्म ९० वटा टेस्ट मैच खेलेका छन् । उनले ३५० एक दिवशिय र ९८ वटा टि ट्वान्टी खेल खेलेका छन् । उनको नामाम १६ वटा अन्तराष्ट्रिय सतक रहेका छन् भने १०८ वटा अर्धसतक रहेका छन् । धोनीको नेतृत्वमा भारतले २००७ को टि ट्वान्टी विश्वकप, २०११ को एकदिवशिय विश्वकप पनि जीतेको थियो । २०१३ मा च्याम्पियन ट्रफि पनि जीतेको थियो । भारतलाई २००९ मा टेष्ट क्रिकेटामा नम्वर वान पनि बनाएका थिए ।
विश्व क्रिकेटका सवै भन्दा राम्रो फिनिसरका रुपमा चिनियएका धोनीको सिग्नेचर सटको रुपमा हेलिकेप्टर सट लिने गरिन्छ र उनलाई विश्वका सवै भन्दा राम्रा फिनिसरका रुपमा पनि चिनिन्छ । धोनीले विश्वकपको फाइनल खेलमा लगाएको विनिङ सर्टको अझै पनि चर्चा हुने गरेको छ । उनले छक्का लगाउँदै विश्वकप जिताएका थिए ।
0 comments:
Post a Comment