धोनीसँगै सुरेश रैनाले पनि लिए अन्तराष्ट्रिय क्रिकेटबाट लिए सन्यास

इलाम, ३१ साउनः भातिय क्रिकेटका मध्यक्रमका ब्याट्समेन सुरेश रैनाले पनि महेन्द्र सिंह धोनीले सन्यास लिएको केही मिनेट नवित्दै सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो स्टाग्राममा पोष्ट गर्दौ लेखेका छन् माही तपाईसँग क्रिकेट खेल्न धेरै राम्रो लाग्थ्यो, मनै देखि गर्व महसुस हुन्थ्यो । म पनि तपाईको यात्रामा सामेल हुन्छु । भारतलाई धन्यवाद, जय हिन्द । 

विश्व क्रिकेटमा महेन्द्र सिंह धोनी र सुरेश रैनाले एक साथमा धेरै खेल जीताएका छन् । सुरेश रैना र धोनी आइपिएलमा पनि एउटै टीमका सदस्य हुन । सुरेश रैनाले अन्तराष्ट्रियमा २००५ सालमा श्रीलंका विरुद्धको खेलमा पाईला राखेका थिए । लामो समय देखि भरतिय टीम बाहिर रहेका रैनाले आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल २०१८ जुलाईमा खेलेका थिए । रैनाले भारतको लागि १८ टेष्ट, २२६ एकदिवशिय र ७८ वटा टि ट्वान्टी खेल खेलेका छन् । उनको नाममा ७ वटा सतक रहेका छन् । 

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment