काेराेना कहरः झापाकाे दमक पनि एक हप्तासम्म लकडाउन


दमक, ३१ साउन । झापाको दमकमा आज रातिदेखि एक हप्तासम्मका लागि लकडाउन हुने भएको छ ।

कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले आज रातिदेखि भदौ ६ गते राति १२ बजसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समया अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने भएको छ ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै लकडाउन गरिएको जनाइएको छ। लकडाउन अवधिमा एम्बुलेन्स, प्रेस,दुधका गाडी बाहेक सबै यातायातका साधनहरु बन्द रहने छन् ।

दुधका पसलहरु दैनिक बिहान ६ बजे देखी ८ बजे सम्म मात्रै खोल्न पाईने, बैंक, बित्तिय संस्था, फुटपाथका पसल, किराना पसल लगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने बताइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment