सांसद प्रदीप यादवलाई कोरोना पुष्टि, अंगरक्षक र चालकलाई पनि देखियो संक्रमण


काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार, सांसद यादव सहित उहाँको अंगरक्षक र चालकमा पनि कोरोना संक्रमण देखिएको छ ।
सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।
साथै उहाँले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाव दिनुभएके छ । आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने बताउनुभएको छ ।
पछिल्लो समय वीरगन्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध समेत गर्नुभएको छ ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता