इलाममा थप १७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५७ पुग्यो

इलाम, १७ साउनः इलाममा आज थप १७ जनामा कोरोना भइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ । सवै संक्रमितहरु सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमाका शसस्त्र प्रहरीका रहेका छन् । आज १७ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ५७ पुगेको छ ।
गण भित्रका जवानमा दिनदिनै संक्रमितको संख्या बढेसँगै इलाममा सुरक्षा निकायबाटै समुदायमा पुग्ने सम्भावना देखिएको छ ।विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालले जानकारी दिए ।
यस अघि गणका १० जनामा संक्रमण पुष्टि भईसकेको छ । आज थपिएको नयाँ १७ जनासँगै इलाममा शसस्त्र प्रहरीका जवान मात्रै २७ पुगेको छ ।
एसपी थापाले भने, ‘अब बाँकी ४० जनाको श्वाब संकलनको तयारी भईरहेको छ ।’ पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागी मोरङ स्थित गोठगाउँको कोरोना अस्पताल लाने तयारी भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता