पछिल्लो २४ घण्टामा ३ सय १५ संक्रमित थपिए, संक्रमितको संख्या २० हजार नाघ्यो


काठमाडौं, १७ साउन । मुलुकमा थप ३ सय १५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय १५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ ।
यस्तै सक्रिय संक्रमितको संख्या भने ५ हजार ३ सय ३८ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १ जना , इलामका १७ जना, सिरहाका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जना, इलामका ५ जना, उदयपुरका १ जना र मोरङका २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका ७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका १ जना, पर्साका ६२ जना, रौतहटका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८ जना कैलालीका ९जना, कञ्चनपुरका ८ जना र काठमाडौंका २ जना नयाँ कोरोना संक्रमति देखिएका छन् ।
यता, धुलिखेल अस्पतालमा कैलालीका २७ जना, काभ्रेका १ जना, रामेछापका २ जना, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका २ जना, भक्तपुरका १ जना, पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १ जना, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा पर्साका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा रुपन्देहीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीका १ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सल्यानका १ जना र सेती प्रादेशीक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ जना, कैलालीका ५३ जना, कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अुनसार काठमाडौंमा ४ सय २७, ललितपुरमा ९७ र भक्तपुरमा ५८ संक्रमित गरी कुल उपत्यकामा कुल संक्रमितको संख्या ५ सय ८२ पुगेको छ । त्यस्तै, हालसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ३ सय ३८ जना छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता