
निमोनिया पीडित उक्त महिला यही साउन १४ गते नारायणी बायोधा अस्पतालमा भर्ना भएकी थिइन् । तर, उपचारको क्रममा साउन १७ गते (आज, शनिबार) साँझ ६ बजे उनको मृत्यु भएको हो ।
उपचारकै क्रममा कोरोनाको लक्षण देखिएपछि साउन १५ गते उनको स्वाब संकलन गरी नारायणी अस्पतालको ल्याबमा परीक्षण गर्दा साउन १६ गते (हिजो) उक्त महिलामा कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि उनलाई नारायणी अस्थायी कोभिड अस्पतालमा रेफर गरिएको थियो ।
तर, कोरोना अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको कोभिड अस्पतालका इन्चार्ज सिंहले जानकारी दिए । मृतक महिलाको शव दाहसंस्कारको लागि नेपाली सेनाको जिम्मा लगाउने कार्य भइरहेको बताइएको छ ।
शुक्रबार राति सोही अस्पतालमा उपचाररत ५० बर्षीया संक्रमित एक महिलाको पनि मृत्यु भएको थियो ।