ट्राफिक प्रहरीमा कोरोना देखिएपछि 'बग्गीखाना' पूर्ण सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा

काठमाडौं, १८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा ‘बग्गीखाना’मा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको छ । गत शुक्रबार संक्रमण पुष्टि बग्गीखानामा कार्यरत दुई प्रहरी काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
अहिले त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालका अनुसार अहिले ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
एसएसपी ढकालका अनुसार सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको र क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ ।  आफूहरु को को सँग सम्पर्कमा आएका थिए भनेर लिष्ट बनाउँदै गरेको पनि एसएसपी ढकालले जानकारी दिनुभयो ।
३ सय ७५ जना क्वारेन्टाइनमा भएपछि ट्रफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । बसेपछि ट्राफिक व्यवस्थापनको लागि सवारी चाप कम हुने ठाउँबाट झिकेर बढी चाप हुने ठाउँमा पठाएको महाशाखाले जनाएको छ ।  उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।
पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता