ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी, बरिष्ठ नेता खनाल र उपनेता नेम्वाङ पनि सहभागी


काठमाडौं, १८ साउन । झण्डै एकसाता संवादविहीन बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जारी रहेको छ । गत साउन १३ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले एकतर्फ निर्णय गर्दै स्थगित गरेपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन ।
त्यसकाे ६ दिनपछि आज अध्यक्ष प्रचण्ड झलनाथ खनाललाई साथै लिएर बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो । बालुवाटारमा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी हुनुभएकाे भएको बताइएको छ ।
१३ गते ओली पक्षका स्थायी कमिटी बैठक स्थल बालुवाटारमा भेला नभएपछि बहुमत पक्षधर मानिएका प्रचण्डसहित माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु बैठकमा बसेका थिए ।
असार १० गतेबाट सुरु भएको (नेकपा)को स्थायी कमिटी बैठक ओली प्रचण्डको असमझदारीका कारण पटक पटक स्थगित हुँदै आएको छ । ओली एक्लैसँग वार्ता गर्दा धोका पाएपछि आइतबार पार्टीका बरिष्ठ नेता खनाललाई पनि लिएर जानुभएको बुझाइ छ । केहीदिन अघि दूई अध्यक्षबीच छलफल गराउन महासचिव विष्णु पौडेलले खुमलटार र बालुवाटार गएर पहल गरेका थिए ।

सरकार पार्टी संचालनमा ओली असफल भइसकेको भन्दै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेताहरुले दुवै पदबाट राजीनामा माग्दै आउनु भएको छ । तर प्रधानमन्त्री ओली भने त्यसलाई प्रतिबाद गर्दै आफ्नो पक्षामा बहुमत पुर्याउने कसरतमा हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता