कोरोना जोखिमलाई ध्यान दिदै दोलखाको प्रख्यात भीमेश्वर मन्दिर भोलिदेखि बन्द हुने

 

दोलखा, २८ साउन । दोलखाको प्रख्यात भीमेश्वर मन्दिर भोलि बिहीबारबाट पुनः बन्द गरिने भएको छ ।

लकडाउनका कारण चैतदेखि बन्द गरिएको तथा दोलखाबजारमा मनाईने गुल्नापर्वका लागि मन्दिर नघुमी नहुने तथा जात्रापर्व निन्तरताको लागि खोलिएको भीमेश्वर मन्दिर सर्वसाधारणका लागि बिहीवारबाट पुनः बन्द गरिने भएको हो ।

भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका वडा नं. २ को छलफलपछि जात्रपर्व निन्तरताका लागि मन्दिर खुलाईएको थियो । मन्दिर मुख्य च्यानल गेट खुलाइएको भएपनि मन्दिरको मुख्यद्वार बन्द थियो ।

दोलखा जिल्लामा पनि कोरोना भाइरसका संक्रमितहरु भेटिएको र संक्रमणको जोखिम बढ्न नदिन मन्दिर बन्द गरिएको हो ।

मन्दिर खुल्ला नै राख्दा दर्शनार्थीको अत्याधिक आगमन हुने अवस्थालाई मध्यनजर गर्दै साउन २९ गतेदेखि भीमेश्वर मन्दिरको मुलद्वार सर्वसाधारणदेखि सबैको लागि बन्द गरिएको भीमेश्वर नगरपालिका वडा नं. २ वडाध्यक्ष बिराजमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment