इलाम सदरमुकामका केही क्षेत्रहरुमा निषेध आज्ञा जारी

इलाम, २३ साउनः जिल्ला संकट व्यवस्थापन समिति इलामको शुक्रबार बसेको बैठकबाट कन्ट्रयाक ट्रेसिङ्ग गरि पिसिआरको रिपोर्ट नआएसम्मका लागि तपसिल बमोजिमको इलाम नगरपालिका वडा नं. ७ स्थित उत्तरतर्फ शसस्त्र प्रहरी बल क्यामप देखि नापी कार्यालय, मालपोत कार्यालयसम्म तथा दक्षिण तर्फ बाल मन्दिरसम्मको क्षेत्र, नवीन चोकदेखि पश्चिम पुरानो ग्रीनभ्यू गेष्ट हाउससम्म तथा अदालत जाने ठाडो बाटो देखि पूर्व तर्फ अंकित मिष्ठान्न भण्डार हुँदै शिखर फोटो स्टुडियोसम्मको आसपासका बजार क्षेत्रलाई जोखिम भएको क्षेत्र मानी आवत जावतमा निषेध गरिएको छ । इलाम नगरपालिकाको आधिकारिक फेसबुक पेज मार्फत यो जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment