अध्यक्ष ‘प्रचण्ड’को पीएसओसहित ७२ डीएसपीको सरूवा, को कहाँ (सूचीसहित)

काठमाडौं, १५ भदौ । प्रहरी प्रधान कार्यालयले ७२ डीएसपीहरुको सरुवा गरेको गरेको छ । सरुवा हुने डीएसपीहरु केहि काठमाडौं उपत्यका भित्रका रहेका छन् भने अन्य जिल्ला प्रहरी कार्यलयमा कार्यरत डिएपीहरु रहेका छन् ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानव श्रोत एंव प्रसाशन विभागले आज एक सुचना जारी गर्दै ७२ डीएपीहरुको सरुवा हुने जनाएको छ । हाल सरूवा हुने डीएसपीहरुले भदौ महिनाको तलब तथा भत्त सरुवा भएको दरबन्दीबाट खान पाउने सुचनामा उल्लेख गरिएको छ ।

सरूवा हुने डीएसीहरूमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ (पर्सनल सेक्यूरिटी अफिसर)का रुपमा कार्यरत नरेशराज सुवेदीलाई रोल्पा सरुवा गरिएको छ । सुवेदीसहित १४ जिल्लाका डीएसपी फेरिएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरूवा भएको छ।  महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहराको सरुवा भएको छ। कालिमाटी वृत्तमा कार्यरत् रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको छ।

काठमाडौं उपत्यकाको महानगरीय प्रहरी वृत्त जगातेमा राजेश थापा र महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । बोहराले यसअघि पनि महानगरीय प्रहरी वृत्त सिंहदरबारको कमाण्ड गरेका थिए ।

एकजना डिएसपीले दुईपटक उपत्यकाको वृत्त इन्चार्ज बन्न नपाउने नियम यसपटक तोडिएको छ । बोहरा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका आफन्त हुन् ।

जिल्ला प्रहरी कार्याल उदयपुरमा कार्यरत् गोविन्द पुरीको प्रहरी प्रधान कार्यालय नक्साल भण्डार शाखामा सरुवा भएको छ। इलाका प्रहरी कार्यालय इटहरीमा देवेन्द्र पाण्डेको सरुवा भएको छ। इटहरीमा कार्यरत् धर्मराज भण्डारीको जिल्ला प्रहरी कार्यालय सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत् विनोद शर्माको एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा भएको छ। जुम्लामा माधव काफ्लेको सरुवा भएको छ। योगेन्द्रसिंह थापाको अछाम जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ।

त्यस्तै, संघीय प्रहरी इकाई कार्यालय कार्यालय काभ्रेकी अन्जना श्रेष्ठको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनाय नक्सालमा सरूवा भएको छ।

महानगरीय अपराध महाशाखाका उद्धवसिंह भाटको बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडामा सरूवा भएको छ। महानगरीय प्रहरी वृत्त, जगातीका डीएसपी चक्रराज जोशीको महानगरीय सशस्त्र प्रहरी गण मुख्यालय महाराजगन्जमा सरूवा भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टाराई, पाँचथरमा दानबहादुर थापा, बाजुरामा मदनजित महरा, डडेल्धुरामा महेन्द्र नेपाल र जुम्लामा माधवप्रसाद काफ्लेलाई सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सुनिल मल्ललाई पठाइएको छ । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए ।

सरूवा सूची

\

न्युज २४ नेपालबाट साभार गरिएकाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment