विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड नाघ्यो, मृतक संख्या साढे ९ लाख

काठमाडौँ, १ असोज । विश्वभर कोरोना भाइरस (कोभिड– १९) द्वारा संक्रमति पुष्टि हुनेको संख्या ३ करोड नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कुल ३ करोड २५ हजार ४७३ मानिस संक्रमित भएको वर्ल्डोिमिटर्सको तथ्यांकले देखाएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण विश्वरभर ज्यान गुमाउनेको संख्या पनि साढे ९ लाखा पुगेको छ । बिहीबार बिहानसम्म विश्वमा ९ लाख ४४ हजार ७०७ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मृत्यु चाहिँ अमेरिकामा देखिएको छ, त्यसपछि भारतमा । अमेरिकामा बुधबार एक दिनमा कोरोनाका कारण १ हजार १५१ जनाको ज्यान गएको छ भने भारतमा सोही अवधिमा १ हजार १३९ को ज्यान गयो ।

तर दैनिक कोरोना संक्रमणका हिसाबले भारत अगाडि छ । त्यहाँ बुधबार मात्रै ९७ हजार ८६९ जनामा संक्रमण पुष्टि भएको छ । उता अमेरिकामा सोही अवधिमा ४० हजार २० जना संक्रमित फेला परेका छन् । त्यसपछि ब्राजिलमा ३७ हजार ३८७ जनामा संक्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित र मृतक भने अमेरिकामा रहेका छन् । त्यहाँ बिहीबार बिहानसम्म कुल ६८ लाख २८ हजार १६७ जना संक्रमित भएका छन् । तीमध्ये २ लाख १ हजार ३४८ जनाले ज्यान गुमाएका छन् भने ४१ लाख १९ हजारभन्दा बढी पूर्णरुपमा निको भइसकेका छन् ।

विश्वकै दोस्रो बढी संक्रमित भारतमा देखिए पनि मृतक संख्याका हिसाबले ब्राजिल दोस्रो लहरमा छ । भारतमा अहलिेसम्म कुल ५१ लाख १५ हजार ८९३ जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म ८३ हजार २३० को मृत्यु भइसकेको छ भने ४० लाख २२ हजारभन्दा बढी निको भइसकेका छन् । उता ब्राजिलमा भने कुल संक्रमति ४४ लाख २१ हजार ६८६ पुगेका छन्, जसमध्ये मृतक संख्या १ लाख ३४ हजारभन्दा बढी र निको हुनेको संख्या ३७ लाख २० हजारभन्दा बढी रहेको वर्ल्डोिमटर्सले जनाएको छ ।

बढी संक्रमण देखिएका १२ देशकाे पछिल्लाे अवस्था-



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment