रुसले साढे दुई करोड डोज कोरोना भ्याक्सिन नेपाललाई दिने

काठमाडौं, १३ असोज । लामो समयदेखि रसियाले विश्वमै सबै भन्दा पहिले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भ्याक्सिनको विकास गरेको दाबी गर्दै आएको छ । उही रसियाले कोभिड-१९ विरुद्धको दुई करोड पचास लाख डोज भ्याक्सिन नेपाललाई दिने भएको छ ।

उक्त ‘स्पुतनिक-५’ नामक भ्याक्सिन नेपाल पठाउन सम्झौता भइसकेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच साढे २ करोड डोज रुसी भ्याक्सिन ‘स्पुतनिक-५’ नेपाल ल्याउने सम्झौता भएको रोयटर्सले जनाएको हो ।

त्यस्तै, फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने जनाएका छन् ।

त्यसोत, ‘स्पुतनिक-५’ भ्याक्सिन नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, यूरोप र सीआईएसका ५० भन्दा बढी देशहरुलेसमेत माग गरेका दाबी गरिएको छ ।

त्यस्तै, यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन डोज, भारतसँग १०० मिलियन डोज र उज्बेकिस्तानसँग ३५ मिलियन डोज भ्याक्सिनको लागि सम्झौता गरिसकेको बताइएको छ ।

रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यस खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोरोनाविरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएको दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment