प्रदेश १ मा १ सय २२ कोरोना संक्रमित थपिए, १ सय ६६ डिस्चार्ज

विराटनगर, १३ असोज । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमाथप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमित थपिएका छन् भने १ सय ६६ जना डिस्चार्ज भएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

मन्त्रालयकाअनुसार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २९ महिला र ३२ पुरुष छन् । मोरंगको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीयतहनखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, स्थानीयतहनखुलेका ३ पुरुष, झापाकोदमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीयतहनखुलेका १ महिला, ते¥हथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६ हजार ६ सय ४१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ । प्रदेश १ मा बुधबार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३९महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment