भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, पछिल्लो २४ घण्टामा ९५ हजारमा संक्रमण


काठमाडौं, २५ भदौ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।


यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बिहीबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment