आईपीएलः मुम्बाईविरुद्ध चेन्‍नईको ५ विकेटको जीत, आज नेपाली युवा सन्दिप रहेको दिल्ली र पञ्जाव भिडदै



इलाम, ४ असोज । ‘इन्डियन प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई चेन्नाई सुपर किंग्सले ५ विकेटले पराजीत गरेको छ ।  अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । धेरै समय पछि मैदानमा फर्किएका सौरव तिवारीले सर्वाधिक ४२ रन बनाएका थिए । चेन्नाईका लुङ्गी इङ्गीडीले ३८ रन दिएर ३ विकेट लिए । कप्ता रोहित शर्मा र डिकोकले राम्रो शुरुवात गरे पनि लामो समय सम्म क्रीजमा वस्न सकेनन् । 
१६३ रनको विजय लक्ष्य लिएर क्रिजमा उत्रिएको चेन्नाइले शुरुमै २ विकेट गुमायो । तर धेरै समय पछि मैदानमा फर्किएका अम्वाथी राइडु र फेफ डुप्लेसीले पारी समाले राइडुले ३ छक्का र ६ चैकाको मद्दतमा ७१ रनको पारी खेले उनले विश्वकप खेल्दा भारतियमा नपरेको भडस यो खेलमा निकाले विश्वकप अघि निकै राम्रो फर्ममा रहेका राइडुलाई चयनकर्ताले टीममा राखेका थिएनन उनलै लगत्तै विश्व क्रिकेटबाट सन्यास पनि घोषणा गरेका थिए ।   फेफले नटआउट ५८ रन बनाए । यसरी १६३ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४ बल बाँकीहुँदा पुरा गर्‍यो ।

दुई युवाहरुको टोलीको भिडन्त

आज हुने खेलमा देल्ली क्यापिटल र पञ्जाव इलेभेन विच भिडन्त हुँदै छ । नेपाली समय अनुसार साँझ ७ः४५बाट दुबई अंतरराष्ट्रीय क्रिकेट स्टेडियम शुरुहुने खेल निकै रोमाञ्जक हुने आश गरिएको छ । दुवै टिम युवाहरुले भरिभराउ छ । अहिले सम्म यि दुई टीमको भिडन्त हेर्ने हो भने आइपिएलमा २४ खेल खेलेका छन् जसमा १४ खेल पञ्जाबले जीतेको छ भने १० खेलमात्र जीतेको छ । तर अहिले परिस्थिति भने वदलिएको छ ।
यी दुई टीमको पछिल्ला ५ खेल हेर्ने हो भने ४ खेल पञ्जाबले जितेको छ भने १ खेल मात्र दिल्लीले जीतेको छ तर १२ आँै आपिएलको पछिल्लो भेटमा भने दिल्लीको जीत छ ।
 पञ्जावमा इनफम व्याट्समेन लोकेस राहुल कप्तान छन् भने भारतीय  युवा व्याट्समेन श्रेयस अय्यरको कप्तानीमा उत्रने छ । नेपालीहरुको लागि दिल्ली सन्दिप लामिछाने भएकाले पनि पहिलो रोजाइको टीम हुन सक्छ तर यो सिजनमा दिल्लीमा अन्य विश्वस्तरीय स्पीनरहरु भएकाले सवै खेल खेल्लन पाउने सम्भावना भने लामिछानेको कम्ती छ । 
दिल्लीमा भारतिक युवा व्याट्समेन अय्यर, ऋषभ पन्त, शिखर धवन, पृथ्वी शाँ, अजिक्य रहाणे, जस्ता धमाकेदार व्याटीङलाइन छ । वलिङमा पनि कैगिसो रबाडा, अमित मिश्रा, रविचंन्द्रन आश्विन, इशान्त शर्मा, सन्दिप लामिछाने जस्ता बलर छन् । यता  पञ्जाबमा केएल राहुल, मयंक अग्रवाल, क्रिस गेल, सरफराज खान, मन्दिप सिंह जस्ता व्याट्स मेन, ग्लेन मैक्सवेल जस्ता अलराउण्डर र महोम्मद शमी जस्ता बलर रहेका छन् । समग्रहमा हेर्नेहो भने दुवै टीम राम्रा छन् तर पनि दिल्लीको पल्लडा केही भारी देखिन्छ । 

दिल्ली कैपिटल्सः श्रेयस अय्यर (कप्तान), रविचंद्रन अश्विन, शिखर धवन, पृथ्वी शॉ, शिमरॉन हेटमेयर, कैगिसो रबाडा, अजिंक्य रहाणे, अमित मिश्रा, ऋषभ पंत (विकेटकीपर), ईशांत शर्मा, अक्षर पटेल, संदीप लामिछाने, कीमो पॉल, डैनियल सैम्स, मोहित शर्मा,  एनरिक नोर्तजे, एलेक्स कैरी (विकेटकीपर), अवेश खान, तुषार देशपांडे, हर्षल पटेल, मार्कस स्टोइनिस, ललित यादव
किंग्स इलेवन पंजाबः केएल राहुल (कप्तान), मयंक अग्रवाल, शेल्डन कॉटरेल, क्रिस गेल, ग्लेन मैक्सवेल, मोहम्मद शमी, मुजीब उर रहमान, करुण नायर, जेम्स नीशाम, निकोलस पानन (विकेटकीपर), ईशान पोरेल, अर्शदीप सिंह, मुरुगन अश्विन, कृष्णप्पा गौतम, हरप्रीत बरार, दीपक हुड्डा, क्रिस जॉर्डन, सरफराज खान, मनदीप सिंह, दर्शन नलकंडे, रवि बिश्नोई, सिमरन सिंह (विकेटकीपर), जगदीश सुचित, तजिंदर सिंह, हार्डस विलजोन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment