इलामको करदाता सेवा कार्यालयबाट सेवा निबृत कर्मचारी घुषसहित रंगे हात पक्राउ


इलाम, १४ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय इलामबाट सेवा निवृत कर्मचारीलाई सेवाग्राहीबाट लिएको घुष रकम सहित रंगे हात पक्राउ गरेको छ ।
आयोगको इटहरीस्थित कार्यालयको टोलीले सोमबार करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाल दश हजार रुपैयाँ घुस रकम सहित मंगलबार पक्राउ परेका हुन् ।
पक्राउ परेका ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको इटहरी स्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए ।
करदाता सेवा कार्यालयको कर्मचारी हुुँ भनेर सेवाग्राहीलाई दुःख दिने गरेको सूचनाको आधारमा गरिएको स्टिङ अपरेशनका क्रममा ढकाललाई पक्राउ गरिएको हो’, अख्तियारका सूचना अधिकारी ढकालले भने,‘अहिले थप अनुसन्धान भइरहेको छ ।’
ढकाल करदाता सेवा कार्यालयबाट एक वर्ष अघि सेवा निवृत भएका थिए ।
सरलपाटीबाट साभार





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment