चितवन मेडिकल कलेजका चिकित्सकले यौन दूर्व्यवहार गरेको युवतीको आरोप

चितवन, १४ असोज । उपचारको लागि चितवन मेडिकल कलेज पुगेकी एक युवती चिकित्सकबाटै यौन दूर्व्यवहारको सिकार बनेकी छन् ।

घाँटीमा समस्या भएपछि मंगलबार अस्पताल पुगेकी १९ वर्षीया युवतीलाई अडियोलोजिस्ट जयलालप्रसाद यादवले आफ्नो काखमा राखेर पटक–पटक गोप्य अंगमा चिमोटेको पीडितको आरोप छ ।

चिकित्सकले मसाज गर्ने भन्दै यौनाङ्गमा पटक–पटक हात पु-याएको पीडित युवतीको आरोप छ । मंगलबारनै ती युवतीले अस्पताल प्रशासनलाई आँफूमाथि यौन दूर्व्यवहार भएको जानकारी गराएकी थिइन्, तर अस्पताल प्रशासन भने घटना लुकाउने दाउमा रहेको पीडितको भनाइ छ ।

अस्पतालले आज बिहान पीडित पक्षसँगको छलफलका क्रममा चिकित्सक यादवले माफी मागेका छन् । तर, पीडित पक्षलाई यो घटना बाहिर ल्याए युवतीकै बदनाम हुने भन्दै धम्क्याउने काम गरिएको वार्तामा पुगेका एक ब्यक्तिले जानकारी दिए ।

यस विषयमा अस्पताल प्रशासनले अध्ययन गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment