भ्रामक र गलत समाचार रोकथामसम्वन्धी दुई चरणको तालिम सम्पन्न


इलाम, ३१ भदौँः  प्रेस र अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था मिडिया एक्सन नेपालले काठमाडौंस्थित अमेरिकी दुतावासँगको सहकार्यमा इलाम, झापा र  पाँचथरका पत्रकारहरुलाई लक्षित गरी आयोजना गरेको भ्रामक र गलत समाचार रोकथामसम्वन्धी दुई चरणको तालिम वुधबार एक औपचारिक समारोहका विच समापन गरिएको छ ।
समापन समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सीना, नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी बेरी, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त र नेपाल पत्रकार महासँघका सभापति गोविन्द आचार्य, नेपालस्थित अमेरिकी दुतावासका उच्च अधिकारीलगायतको उपस्थिति थियो । समापन कार्यक्रम समारोहलाई सम्बोधन गदै राष्ट्रिय सभाका अध्यक्ष तिमल्सीनाले मिडियालाई कसरी विश्वसनीय बनाउँने भन्ने विषयमा कार्यक्रम आयोजना गरेकोमा मिडिया एक्सन नेपालप्रति हार्दिक आभार व्यक्त गरे ।
एनले भने, ‘नेपालको संविधान धारा १९ मा सञ्चारको हकमार्फत विचार अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरिएको छ । अहिले संचार सबै मानिसको दैनिक आवश्यकताको रुपमा स्थापित भईसकेको छ । हाम्रा संचारमाध्यमहरु पूर्ण रुपमा स्वतन्त्र छन्, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।’ उनले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने बताउँदै मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने भन्दै उनले मिडिया एक्सन नेपालले भ्रामक समाचारसम्वन्धी शोध पुस्तक प्रकाशन गरेकोमा हार्दिक आभार समेत व्यक्त गरे । उनले भने ‘हामीले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् भएको छ कि भन्ने कुरामा अत्यन्त ध्यान दिनुपर्छ । संचार माध्यममार्फत कुनै विषय सार्बजनिक भईसकेपछि सच्याउने विषय कठिन हुन्छ ।’ पत्रकारिताका आधारभुत सिद्धान्तको पालना गर्न पत्रकारको दायित्व भएको बताए ।  

नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले भ्रामक र गलत समाचारलाई कसरी सामना गर्ने भन्ने विषय अहिले नेपालको मात्र नभई विश्वको नै एउटा महत्वपूर्ण विषय भएको बताए । उनले मिडिया एक्सन नेपालले केही समय अगाडी गलत र भ्रामक समाचारसम्वन्धी गरेको अध्ययन र त्यसमा आधारित प्रकाशन यस क्षेत्रको पायोनियरिङ काम भएको भन्दै प्रशंसा गरे । उनले भने ‘पाठक र दर्शकको ध्यान खिच्ने र समाचार ब्रेकिङ गर्ने प्रतिस्पर्धाका कारण उपयुक्त फ्याक्ट चेकिङ नभई समाचार सम्प्रेषण हुने गरेको मात्र होइन्, अतिरन्जित समाचार शीर्षकहरु समेत राख्ने गरेको पाइन्छ ।’ उनले गलत र भ्रामक समाचारको नकारात्मक असर हुने भन्दै यसले पब्लिकलाई मिसलिड गर्ने मात्र होइन सही सूचना प्राप्त गर्ने अधिकारबाट जनता वञ्चित हुने समेत बताए । यति मात्र होइन, गलत र भ्रामक समाचार र सूचनाको कारणले गलत निर्णयहरु हुनसक्ने र त्यसले समाजलाई नकारात्मक असर गर्ने समेत बताए । 


नेपाल पत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यले मिडिया एक्सन नेपालले अमेरिकी दुतावाससँगको सहकार्यमा महत्वपूर्ण कार्य गरेको बताए । उनले संचार माध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै गलत सूचना सम्प्रेषण गरेमा संचारमाध्यमप्रति जनताको विश्वास गुम्ने बताए । आचार्यले भने,‘सञ्चारमाध्यमले फैलाउने गलत सूचनाले समाजमा ठूलो असर गर्नसक्छ । समाजमा कुनै विषयत गलत र भ्रामक समाचर फैलिएमा त्यसबारे जनतालाई सत्यतथ्य जानकारी गराउने दायित्व पनि मिडियाकै हुन्छ ।’
सञ्चार विज्ञ तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले तालिममा सहभागि पत्रकारहरुले पत्रकारिताका नैतिक मानक, भ्रामक र मिथ्या समाचार, सूचना महामारीको   रोकथामका सूचकहरू,  वैदेशिक नीति तथा मिडिया, तस्विरको आधिकारिता, लैङ्गिक संवेदलेनशील पत्रकारिता लगायतका विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूले तालिम प्रदान गरेको बताए ।
  
तालिम झापा, इलाम र पाँचथर जिल्लाका ३० जना पत्रकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममलाई सम्वोधन गदै काठमाडौँ स्थित अमेरिका दुतावासका सूचना विज्ञ प्रेरणा मरासिनीले पत्रकारिता पेशालाई सबल र सक्षम बनाउने उदेश्यले सो कार्यक्रम आयोजना गरेको बताउँदै समाजका लागि जिम्मेवार पत्रकारिताको निकै महत्व रहेको बताइन । उनले पछ्रिल्लो समयमा सूचनाको स्रोत बढेसँगै चुनौती पनि थपिएको र यसलाई कसरी सामना गर्ने भन्ने विषय प्रमुख रहेकोे र सहभागीले तालिममा प्राप्त गरेको ज्ञानलाई व्यवहारमा लागु गर्ने विश्वास व्यक्त गरिन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment