चितवन, २७ असाेज । जिल्लाको रत्ननगर स्थित झुवानीमा मोटरसाईकलको ठक्करबाट ६ बर्षीय बालकको ज्यान गएको छ । सोमबार साँझ घर अगाडी खेलिरहेको बेला टाँडी तर्फ आउदै गरेको प्रदेश ३,०२००१ प ८३६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ज्यान गुमाउने बालक रत्ननगर नगरपालिका वडा नम्बर ५ का युसेफ महत्तो रहेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकारी दिएको छ ।
बालकको सोमबार साँझ ६ः ५ बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।