दमकमा थप दुई सङ्क्रमितको मृत्यु, मृतकको संख्या ८ पुग्यो

दमक, ४ कात्तिक । कोरोना भाइरसको सङ्क्रमणबाट झापाको दमकमा आज दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया वृद्धा र वडा नं ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।

ती सङ्क्रमितलाई आइतवार उपचारका लागि विर्तामोड ल्याइएको थियो । त्यस्तै दमक ५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए ।

दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहनुभएकी उहाँको स्वास्थ्य अवस्था गम्भिर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

दुवै सङ्क्रमितको आज कनकाईमाईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment