ढोका फुटाएर आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन् हत्या


धनकुटा, २९ असोज । धनकुटामा एक महिलाले आफूमाथि बलात्कार गर्न खोज्ने पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेकी छन् । महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी हुन्् ।


मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

राति ढोका फुटाएर आफूमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले बयान दिएकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

३० बर्षीय मृतक लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । यता, बलात्कार प्रयास गर्दा प्रतिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् । उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटना मंगलबारराती करिब १० बजेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment