चाडपर्बको अवसरमा बैंकर्स क्लब इलामद्वारा वृद्धा आश्रमलाई आर्थिक सहयोग


इलाम, ६ कातिकः बैंकर्स क्लब इलमले गोदकको राजदुवालीमा रहेको माई भगवती वृद्धा आश्रमलाई लाई आर्थिक  सहयोग गरेको छ । वैंकर्स क्लवले आश्रमलाई १९ हजार ३० रुपयाँ सहयोग गरेको हो ।  कोरोना भाइरसको संक्रमणले आक्रान्त परेको वेलामा नेपालीहरुको चार्ड विजय दशमी, दिपावली तथा छट पर्वको अवसरमा  केही सहयोग गरौँ भन्ने उद्देश्यले सहयोग गरेको क्लवको सचिव टीकाराम पुरीले माइपोखरी न्युजलाई जानकारी गराए । 

बैंकर्स क्लवका अध्यक्ष तथा  सनराइज बैंक इलाममका शाखा प्रमुख ज्ञानश्याम गुरुङ, र कृषि विकाश वैंकका शाखा प्रमुख रञ्जन खनालले संयुक्त रुपमा हस्तान्तरण गरेको थिए । आश्रामका अध्यक्ष विष्णु दाहाल र कोषाध्यक्ष कोमल निरौँलाले संयुक्त रुपमा रकम लिनुभएको थियो । 

इलाममा रहेका सेन्चुरी कर्मशियल बैंक, सानिमा बैंक, बाणिज्य बैंक, सिद्दार्थ बैंक, ग्लोबल आइएमई बैंक, सनराईज बैंक, एनएमबी बैंक, एसविआइ बंक, माच्छापुच्छे बैंक, लक्ष्मी बैंक, एनआईसी बैंक,  प्रभु बैंक, गुडविल फाइनान्स, नेपाल बैंक लि, युनाइटेड फाइनान्स  लि।, अजोड इन्स्योरेन्स लि।, मुतिनाथ विकास बैंक, सप्तरी कोशी विकास बैंक,  एक्सल डेभलपमेन्ट बैंक, कृषि विकास बैंक लगायतको टीम मिलेर बैंकर्स क्लवको स्थापना गरिएको हो । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment