इलाम मालपोत कार्यालयमा कार्यसम्पादन गर्न सहज, एक महिनामै ९० लाख वढी राजश्व संकलन


इलाम ५ कात्तिक । कोभिड १९ को प्रकोप तथा अन्य विभिन्न कठिनाईका कारणले आर्थिक गतिविधि रोकिदा अर्थतन्त्रमा नराम्रो धक्का पुगेको आँकलन गरीरहेको बेला इलाम स्थित मालपोत कार्यालय इलामले राजस्वमा सोचे भन्दा धेरै प्रगती हासील गरेको छ । यी कठिनाईका वावजुद मालपोत कार्यालय इलामले असोज महिनामा जम्मा १५९८ वटा कारोबार मार्फत करिब ४८२० सेवाग्राहीलाई सेवा उपलब्ध गराउँदै ९०  लाख २९ हजार १९९ रुपैयाँ राजश्व समेत संकलन गर्न सफल बनेको छ । जस अनुसार प्रति कार्यदिन करिब ६२  वटा सेवा प्रवाह गरिएको छ । मेहनेत गरेर काम गरेमा लक्ष्य सहजै हासिल गर्न सकिने मालपोत कार्यालय इलाममा  भर्खरै सरुवा भएर आएका कार्यालय प्रमुख यादव राउत वताउँछन् । 

कार्यालयले सवैभन्दा धेरै लिखत पारित दस्तुरबाट ५३ लाख ५६ हजार ८ सय ७९ रुपैया राजस्व संकलन भएको बताएको छ । यस्तै दृष्टिबन्धकबाट १८ लाख १२ हजार ५ रुपैया ,लाभ करबाट १३ लाख ९ हजार ३५ रुपैया, रोक्का शुल्कबाट ३८ हजार ९ सय रुपैया, न्यायिक दस्तुरबाट १ लाख ४९ हजार ४ सय ४१ रुपैया, मोलपोत वापत ३ लाख ३८ हजार ७ सय ८४ रुपैया, प्रतिलिपि शुल्कबाट १० हजार ९ सय १० रुपैया, पुर्जा विक्रि शुल्कबाट १२ हजार ७ सय ५० रुपैया राजस्व संकलन भएको छ । साथै कार्यालयले लिखत पारित सम्बन्धी ८ सय २२, रोक्का पारित सम्बन्धी ८२, फुकुवा पारित सम्वन्धी ४ सय ४३, संशोधन सम्बन्धी ८१, घर कायम सम्बन्धी ४१, प्रतिलिपी सम्बन्धी ३४, नामसारी सम्बन्धी ३७, लगत कट्टा सम्बन्धी ११, हदबन्दी छानविन सम्बन्धी ४, मोहि नामसारी सम्बन्धी १, एकाघर मोही सम्बन्धी १, दाखिल खारेज २ वटा सेवा प्रवाह गरेको कार्यालयका सूचना अधिकारी मालपोत अधिकृत जसबहादुर राईले बताएका छन् ।

सेवा प्रवाह गर्न निकै कठिन

लामो समय पछि कार्यालय खुला हुदा एक्कासी सेवाग्राहीको भिडभाड भइ कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा सम्भव भएसम्म स्वास्थ्य मापदण्डको पालना गरि सेवा प्रवाह गर्दा अत्यधिक भिडलाई थेग्न समस्या भइरहको छ । जसलाई व्यवस्थापन गर्नको लागि चाँडै डिजिटल टोकन प्रविधिको अवलम्वन गरिँदै छ । त्यस्तै यस कार्यालयमा एकद्वार प्रणाली बनाई जनमैत्री सेवा प्रवाहको व्यवस्थापन गरिएको छ । जसबाट कार्यालयका सबै सेवाहरुलाई जनताको सामुन्नेमै सम्पादन हुने गरेका छन् । 

सेवाग्राहीहरुलाई विभिन्न फाँटहरु खोज्न कठिनाई नहोस भन्ने अभिप्रायले यस्तो अभ्यास शुरू गरिएको हो ।

कार्यालयमा जनशक्ति तथा प्रविधिको कठिनाईका कारण बेला बेलामा सेवा प्रवाह अवरुद्ध हुँदा जनताले कठिनाईको सामना गर्नु परिरहेको छ । यस्तै जोखिम मोलेर सेवा दिदा पनि मालपोत र कर्मचारीहरुलाई अनावश्यक रुपमा विभिन्न लान्छना लगाइदा लगाइदै पनि कर्मचारीहरुले कोरोनाको जोखिममा राखेर सेवाग्राहीलाई निरन्तर सेवा दिँईदै आइएका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment