गीतकार गाैतम डंगाेल "सन्देश" र गायक/ संगीतकार हेम लामाकाे नयाँ गीत "याद" सार्वजनिक


गीतकार गाैतम डंगाेल "सन्देश" काे शब्द रचना एवं  हेम लामाकाे संगीत/ वाद्य संयाेजन तथा सुमधुर स्वरले सुसज्जित भिन्न शैलीकाे नयाँ गीत "याद" सार्वजनिक भएकाे छ । "कहिले काहिँ उसलाई पनि मेराे याद आउँदाे हाे" बाेलकाे उक्त गीत मंगलवार गायक तथा संगीतकार हेम लामाकाे आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे । उक्त गीतकाे रीकर्डिङ्ग, मिक्सिङ्ग, मास्टरीङ्ग हेम स्वयंले गरेका हुन् भने रीकर्डिङ्ग भक्तपुर स्थित हेम्स स्टुडियाेमा गरीएकाे हाे । 


चर्चामा नआए पनि गीतकार गाैतम डंगाेल "सन्देश" तथा गायक/  संगीतकार हेम लामा यी दुव‌ै नाम नेपाली संगीत आकाशमा विल्कुलै नयाँ नामहरू भने हैनन् ।

यस अघि गायक तथा संगीतकार हेम लामाले स्वर दिएका १ दर्जन बढि, संगीत संयाेजन गरेका २० भन्दा बढि तथा वाद्य संयाेजन गरेका ३० भन्दा बढि गीत अडियाे तथा भिडियाे मार्फत सार्वजनिक भईसकेका छन् । विगत २ दशक अघिदेखि संगीत विधामा संलग्न हेम गायनका अलावा संगीत श्रृजना, वाद्य संयाेजन तथा रेकर्डिङ मिक्सिङमा पनि दक्खल राख्दछन् । उनी विशेषत नयाँ तथा फरक शैलीका संगीत श्रृजनामा अभिरूचि राख्दछन् ।

त्यसैगरी मुख्य पेशाका अलावा बचेखुसेका फुर्सदका  क्षणलाई लेखन विधामा अर्पेका गीतकार गाैतम डंगाेल "सन्देश" का अनलाईन् तथा प्रिन्ट मिडियामा गरी १०० भन्दा अधिक लेख रचनाहरू प्रकाशित छन् । नेवारी र नेपालीमा कलम चलाउने सन्देश आफ्नाे लेखन शैलीलाई ल्याभिस राईटिङ्गकाे संज्ञा दिन्छन् भने आफुले लेखेका गीतहरू कम्पाेज्ड, अरेन्ज्ड, भाेकल्ड, भिजुयलाईज्ड भएर आउँदा निर्जिव शब्दहरूमा जीवन भरीएकाे आभास गर्छन् । हाल सम्म उनका गीतहरूमा भिषण निराैला, शक्ति बल्लभ, सचिन सिंह, फनिन्द्र राई, मनाेहर सुनाम, हेम लामा, झुमा निराैला, गाेबिन्द गुरूङ्ग, रीमा गुरूङ्ग, डेनी निराैला, भुगाेल दहाल, जेम्स प्रधान, सुमित आर्य, किरण थापा, प्रदिप श्रेष्ठ, मनाेहर सुनाम, किरण कँडेल, अनिल शाहि, अस्मीता परीयार, स्वरूप राज आचार्य, राज कुमार बगर, भुपेन्द्र बज्राचार्य, मनराजा नकर्मी लगायतले कम्पाेज, अरेन्ज तथा स्वर भरीसकेका छन् । 

"याद" शीर्षक दिईएकाे याे गीतलाई माेर्डन पप संगीतकाे क्याटेगाेरीमा राख्न सकिन्छ ।  पेशाका हिसावले गीतकार सन्देश तथा गायक/ संगीतकार लामा दुवै बैंकर हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment