मेयरसहित केही कर्मचारीमा कोरोना देखिएपछि उर्लाबारी नगरपालिका सेवा बन्द

विराटनगर, २६ असोज । उर्लाबारी नगरपालिकाले सोमबारदेखि अनिश्चितकालका लागि नगरपालिका र वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिका मेयर खड्ग फागोसहित कर्मचारीहरु र अन्य पदाधिकारीहरमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नआउनजेल नगरपालिकाको सवै सेवाहरु बन्द रहने निणय गरिएको सो नगरपालिकाले जनाएको छ ।


यता विराटनगर महानगरपालिका वडा नं। ४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलसहित केही कर्मचारीहरुलाई कोरोना पुष्टि भएपछि सुचना टाँसेर असोज ३० गते सम्मका लागि वडा कार्यालय बन्द गरिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण कन्ट्याक टे«सिङमा जनप्रतिनिधि र कर्मचारीहरु परेको कारणले पाँच दिन सम्म वडा कार्यालउ वन्द गरिएको सुचनामा जनाइएको छ ।

सो अवधिमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको आवश्यक कागजपत्रहरु दिनको १२ बजे सम्म बुझ्ने भनेर वडा कार्यालयले जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment