इलाममा १७ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज


विराटनगर, १३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् भने ८४ जना डिस्चार्ज भएका छन् ।सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, केराबारी, रंगेली र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।

इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र वेलकामा १–१, ताप्लेजुङको फुङलिङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २१ ह्जार ७ सय ६२ पुगेको छ ।


प्रदेश १ मा शनिवार ७ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८९ हजार ५सय २ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment