बैतडी, २८ कात्तिक । बैतडीको पाटन नगरपालिका–८ खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे ९ बजेतिर भीरबाट खसेको हाे ।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये ७ पुरुष र २ जना महिला छन् । अहिलेसम्म मृतकहरुको सनाखत भएकाे छैन ।
दुर्घटनामा ४१ घाइते भएका छन् । गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ । बाँकीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।