इलामेली शिक्षक खडानन्द अधिकारीद्वारा लिखित "बाल उद्यान"को बिमोचन सम्पन्न

  • बिमल अधिकारी 

इलाम, २८ कार्तिक, लामो समय शैक्षिक क्षेत्रको अनुभव प्राप्त शिक्षक खडा नन्द अधिकारी द्वारा लिखित पुस्तक "बाल उद्यान"को बिहीबार एक कार्यक्रम बिच बिमोचन गरिएको छ। बिगत ३७ बर्ष अगाडि बाट शिक्षण  पेशामा लागेर लामो अनुभव बटुलेका शिक्षक खडानन्द अधिकारी जितपुर माबीका पुर्ब प्रधानाध्यापक हुनुन्थ्यो। शिक्षण पेशाबाट सेवा निभृत्त भए पछि आफ्नो शिक्षण अबधीका अनुभव लाई समेट्दै बालबालिका को शिक्षा सगँ सम्बन्धित रहेर लेखकले सो पुस्तक तयार गरेको बिमोचन कार्यक्रममा बोल्दै लेखकले बताउनु भयो। पुस्तकका लेखक देउमाइ नगरपालिका वडा न नौ का स्थाइ बासिन्दा हुनुन्छ।
जुम मार्फत भएको कार्यक्रममा शैक्षिक क्षेत्रका प्रतिष्ठित ब्याक्तिहरु क्रमश: प्राध्यापक डा. बिध्या नाथ कोइराला, साहित्यकार कृष्ण धराबासी,पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक-केशब प्र दहाल,
शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका निर्देशक टकं प्रसाद गौतम, मरव क्याम्पस इलामका प्रमुख डा. दिल नाथ फुएल, शैक्षिक प्रशासन महाशाखा भरतपुर महानगरपालिका प्रमुख महेन्द्र प्र पौडेल, 
 नेपाल शिक्षक महासघँ महासचिब लक्ष्मी किशोर सुवेदी, राष्ट्रिय महिला शिक्षक समाज कि अध्यक्ष डा. जानुका पौडेल लगायत ले पुस्तकका बारेमा बिचार राख्दै बालबालिकाको राम्रो सिकाइका लागि प्रत्येक शिक्षकले उक्त पुस्तक पढ्न जरुरी रहेको बताएका थिए। कार्यक्रममा छन्दचौतारी संयोजक सोम निरौला , जय नारायण भट्टराई लगायतका कवि हरु द्वारा कबिता बाचन समेत गरिएको थियो।
कार्यक्रममा मनोरन्जन स्वरुप लोक गायक देबि प्रसाद गौतम द्वारा तिहार विशेष गित तथा देउसी समेत प्रस्तुत गरिएको थियो। 
त्यस्तै कार्यक्रममा विभिन्न क्षेत्रका पाठकहरु, विभिन्न संघसंगठन, संस्था, बिद्यालयका प्रतिनिधि , विद्यार्थी लगायत पचास भन्दा बढीको उत्साहजनक सहभगिता रहेको थियो। 
ज्ञान कुन्ज सिर्जन्शिल प्रतिष्ठान  इलामको ब्यबस्थापनमा भएको कार्यक्रम सस्थाका उपाध्यक्ष दुर्गा शर्मा भट्टराईको अध्यक्षतामा भएको थियो। 
पुस्तक शिखा बुक्स बाग्बजार काठमाडौँद्वारा प्रकाशन गरि बजारमा ल्याइएको हो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment