बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ६ जना घाइते

बैतडी, ९ मंसिर । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट गोठलापानी तर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरकाे जीप आज दिउँसो १ बजेर ४० मिनेटमा बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रबक्ता जनक बहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेहरुमा बैतडीको सुर्नया गाउँपालिका ४ की ७५ वर्षीया कलावती चन्द, त्यस्तै दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटकी ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँकी ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावड रहेका छन् ।

जीपमा चालक सहित १२ जना सवार रहेको र ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रबक्ता धामीले बताउनुभयो । ६ जना घाइते भएकोमा उनीहरुलाई जिल्ला अस्पताल ल्याएको छ । घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment