नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना पोजेटिभ सुत्केरीको मृत्यु

विराटनगर, १२ मंसिर । कोरोना भाइरस संक्रमणका कारण मोरङको रतुवामाई नगरपालिका १० की २५ वर्षीया सुत्केरीको विहीबार राति नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

गत कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी र सार्स फेर्न समस्या भएपछि उनलाई वुधबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

१७ दिनकी सुत्केरी गम्भीर अवस्थामा अस्पताल आएकी र भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

मृतक सुत्केरीमा निमोनियाको पुरानै विरामी रहेको र मृगौलाले पनि काम नगरेको सो अस्पतालले जनाएको छ । कात्तिक २५ गते दमकको आम्दामा शत्यक्रिया गरेर छोरी जन्माएकी मृतक सुत्केरी सामान्य अवस्थामा घर फर्किएकी थिइन् ।

स्वासप्रस्वासमा समस्या आएपछि उनलाई विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो उनको पहिलो रिर्पोट नेगेटिभ आएको थियो भने १२ घण्टापछिको दोश्रो रिर्पोट पोजेटिभ आएपछि ५ दिन विराट अस्पतालमा राखेर उपचारपछि स्वास्थ्यमा सुधार आएरपछि होम आइसोलेसनमा लगिएको परिवारले बताएको छ ।

होम आइसोलेसनमा पुनः समस्या बल्झेको र बोलीसमेत बन्द भएपछि नोबेल अस्पताल ल्याइएको मृतकको परिवारले बताएको छ


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment