६ बर्षीया बालिकाको हत्याको विरोधमा बर्दिवास तनावग्रस्त, प्रहरीको गोली लागि ३ घाइते

महोत्तरी, ९ मंसिर । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने, अफ्ताब आलम र श्याम कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरुको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।

एक जनाको अवस्था भने गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेकोे छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् ।



आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन् । प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो ।

स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन् । हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

न्युज२४ नेपालबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment