प्रदेश १ मा पछिल्लो २४ घण्टामा इलामका ११ जना सहित ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर, ९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ६१ डिस्चार्ज भएका छन् ।
झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको गौरादह, विर्तामोड र दमकमा २६–२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५–५, कचनकवल र मेचीनगरमा ४–४, हल्दिबारी र कमल गाउँपालिकामा २, बा¥हदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरी र धरानमा ४९–४९, इनरुवा र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १–१, मोरंगको विराटनगरमा ५१, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, बेलबारीमा ५, बुढीगंगामा ३ , सुनबर्षी, रतुवामाई र उर्लाबारीमा २–२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
इलामको माईजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १–१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १–१, ते¥हथुमको छथर र म्याङलुङमा १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, भोजपुरको अरुणमा १, खोटाङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ८ सय ८० पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २१ हजार १ सय ५१ पुगेको छ ।
प्रदेश १ मा मंगलबार १ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५९ महिला र २ सय ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८५ हजार ७ सय ६० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment