देउमाइमा नयाँ पर्यटकिय गन्तब्यः सुछान कङ्लङमा (तीन तले झरना)को सार्वजनिक उद्घाटन

  • बिमल अधिकारी


देउमाइ, २९ कातिकः देउमाइ नगरपालिका इलाममा पछिल्लो पटक एउटा पर्यटकिय दृष्टिकोणले महत्त्वपूर्ण झरनाको सार्बजनिक उदघाटन गरिएको छ। सो झरना देउमाइ नगरपालिका वडा नं ३ साबिक शान्तिडाडाँ वडा न पाचको साकेला टोलमा अबस्थित छ । राई समुदायको बस्ती रहेकोले राई भाषाबाट उक्त ठाँउको नाम साकेला टोल राखिएको हो। सोही टोलमा रहेको उक्त झरना सुछाङ कङ्लङमा को नामले चिनिन्छ। राई भाषामा सुछाङ कङ्लङमा भन्नाले तीन तले झरना भन्ने बुझिन्छ। तीन वटा तल्ला रहेको उक्त झरना लगभग १०० फिट अग्लो  रहेको छ। देउमाइ वडा न तीन को बडा कार्यलयको छेउ  जितपुर जाने बाटोबाट लगभग एक किलो मिटर को दुरीमा रहेको झरना अत्यन्तै मनमोहक र आकर्षक रहेको छ। 

भर्खरै झरना संरक्षणको लागि समिती निर्माण गरि झरना सम्म पुग्न मोटर बाटो बनाइए पनि ठ्याक्कै झरना पुग्न भने केही मिनेट पैदल हिड्नै पर्छ । पछिल्लो पटक समिती तथा स्थानियको सहभागितामा झरनाको सरसफाइ कार्यक्रम पनि गरिदै रहेको बताइएको छ। 

पानीटार र गुफाथुम्की पछि अब यो झरना पनि देउमाई नगरपालिकाको अर्को पर्यटकिय स्थलको रुपमा बिकास गर्न सकिने स्थानिय को भनाइ रहेको छ।

शनिबार  प्रदेश एक का कृषि , भुमिब्यवस्था तथा सहकारी राज्यमन्त्री राम राना , नगर उपप्रमुख पबिमाया राई लगायत स्थानिय बासी , सरोकारवाला को उपस्थिती मा उक्त झरनाको अबलोकन गर्दै सार्बजनिक उदघाटन गरिएको छ।

 स्थानिय स्तर तथा निकाय बाट सो झरनाको संरक्षण  गरि प्रचार प्रसार गरेमा पर्यटक ले रुचाउने ठाउँका रुपमा बिकसित हुने झरना संरक्षण समितिका सचिब आनन राईले बताए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment