प्रदेश १ मा पछिल्लो २४ घण्टामा इलामका ३ सहित २३१ संक्रमित थपिए, ६२५ डिस्चार्ज

विराटनगर, २९ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ३१ जना संक्रमित थपिएका छन् भने ६ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७८ पुगेको छ ।

झापामा १ सय ३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, ते¥हथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् । झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, विर्तामोडमा १०, भद्रपुरमा ७, मेचीनगरमा ४, हल्दिबारीमा २, बुद्धशान्ति, बा¥हदशी, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा १–१,मोरङको विराटनगरमा ६३, रतुवामाईमा ६, कटहरीमा ४, रंगेलीमा ३, उर्लाबारीमा २, ग्रामथान, बेलबारी, मिक्लाजुङ, सुन्दरहरैचामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २२, इटहरीमा ६, बराहक्षेत्र, इनरुवा र कोशी गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता इलामको चुलाचुलीमा २, इलाममा १, ते¥हथुमको म्याङलुङमा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ६६५ पुगेको छ ।

प्रदेश १ मा सनिबार ७ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५ महिला र १ सय २६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

x

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment