प्रदेश १ मा पछिल्लो २४ घण्टामा इलामका चार सहित ८५ संक्रमित थपिए, १५३ डिस्चार्ज


विराटनगर, ३० कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ३१ पुगेको छ ।मोरङमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, ते¥हथुम र धनकुटामा ६–६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १८, सुन्दरहरैचा, रंगेली र बुढीगंगामा २–२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २–२, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङको फुङलिङमा ५, पाथिभरा र श्रीजंगामा १–१, ते¥हथुमको म्याङलुङमा ६, धनकुटाको महालक्ष्मीमा ५ र साँघुरीगढीमा १, झापाको दमक र विर्तामोडमा २–२ र स्थानीय तह नखुलेका १, इलामको माईजोगमाईमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७ सय ५० पुगेको छ ।

प्रदेश १ मा आइतबार ४ सय २६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment