संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र अज्ञात समूहबीच दोहोरो फाईरिङ


चैनपुर , १ मंसिर । सङ्खुवासभाको चैनपुरमा प्रहरीको गस्ती टोलीमाथि अज्ञात समूहले फायर खोलेका छन्  गस्तीका लागि गएको प्रहरी टोलीलाई डाँडा माथिवाट पटक पटक गरी राउन्ड खोलेपछि प्रहरीले पनि फाईरिङ खोलेको छ ।

संखुवासभाको चैनपुर नगरपालिका ४ मदाने जङ्गलमा प्रहरीले एसएलआर राईफलबाट आठ राउन्ड फाईयर खोलेको जिल्ला प्रहरी कार्यालय संखुवासभा सभाका प्रमुख डिएसपी नवराज मल्लले न्यूज २४ लाई बताउनु भयो ।

डिएसपी मल्लले भन्नुभयो,“प्रहरीको पेट्रोलिङ्गमा १३ जनाको टोली परिचालित थिए डाँडा माथिवाट अज्ञात समूहले फायर खोल्यो सोहि क्रममा हाम्रो तर्फवाट पनि आठ राउन्ड फायर खोल्यौ । ’

भीडन्तमा दुवै पक्षको कुनै मानवीय क्षति नभएको बताईएको छ । किन फाईरिङ भयो कसले गर्यो भने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अज्ञात समूहले १५ र १६ राउन्ड फाइरिङ खोलेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment