प्रदेश १ मा इलामका एक सहित २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज


विराटनगर, १ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २सय ७० जना कोरोना संक्रमित थपिएका छन् भन् १ सय ९७ जना डिस्चार्ज भएका छन् ।मोरङमा १ सय १२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १–१, झापाको कमल गाउँपालिकामा ६, दमक, अर्जुनधारा र गौरादहमा ५–५, विर्तामोड र हल्दिबारीमा २–२, गौरीगञ्ज, मेचीनगर, भद्रपुर र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगामा ६, बेलका र चौदण्डीगढीमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, , ताप्लेजुङको आठराई त्रिवेणीमा १, संखुवासभाको मादीमा १, ते¥हथुममा १, इलाममा १, खोटाङको साकेलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार २० पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १८ हजार १२८ पुगेको छ ।

प्रदेश १ मा आज ५८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार ९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो जस्मा ११ हजार ४७ जना संक्रमित रहेका छन् । त्यस्तै झापामा ३ हजार १ सय ६८ , सुनसरीमा ७ हजार ६ सय ६० रहेका छन् भने उदयपुरामा ४ सय २९ रहेका छन् ।

यसैगरी इलाममा २ सय ४२ ,खोटाङमा ७८ , ओखल्ढुङगामा ४३ , धनकुटामा १ सय ६० ,तापलेजुङमा ५१, तेह्रथुममा १०० ,सोलुखुम्बुमा २५ , पांचथर ९०, भोजपुरमा ६९ ,संखुवासभामा १ सय ८१ र अन्य ६ सय ७७ जना रहेका समाजिक विकास मंत्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment