प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ संक्रमित थपिए, ५९ डिस्चार्ज


विराटनगर, २८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमित थपिएका छन् भने ५९ जना डिस्चार्ज भएका छन् ।मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, ते¥हथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामाईमा १, झापाको विर्तामोडमा ६, दमकमा ४, गौरादहमा ३, शिवसताक्षीमा २, गौरीगञ्ज, मेचीनगर र कमलगाउँपालिकामा १–१, इटहरीमा २, इनरुवा, रामधुनी र बर्जुमा १–१, ते¥हथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा २, उदयपुरको त्रियुगामा २, संखुवासभाको खाँदबारी र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ८ सय ७९ पुगेको छ ।

प्रदेश १ मा आइतबार ४ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment