१० महिनादेखि बन्द पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा हस्ताक्षर सङ्कलन

 झापा, २८ मंसिर । पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आज एक हजार बढीले हस्ताक्षर सङ्कलन गरेका छन् ।होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर सङ्कलन अभियानमा एक हजार बढीले हस्ताक्षर गरेका हुन् । सङ्घीय सांसद राम कार्कीमार्फत सरकारलाई सो हस्ताक्षर पठाइने तयारी रहेको होटल व्यवसायी सङ्घका अध्यक्ष राम तामाङले बताउनुभयो ।

नाका बन्द हुँदा सीमा क्षेत्रका व्यवसाय धरासायी बनेको भन्दै एक महिना अघिदेखि काँकडभिट्टाका व्यवसायी, सङ्घसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै आएका छन् । देशकै मुख्य नाकाका रुपमा रहेको पूर्वी नाका कोभिड–१९ का कारण १० महिनादेखि बन्द छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment